काठमाडौँको कान्तिपथमा कारले ठक्कर दिँदा स्कुटर चालक युवकको मृत्यु भएको छ।
काठमाडाैँ महानगरपालिका–२७ कान्तिपथमा बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिएको हाे।
दुर्घटनामा अन्य दुई जना घाइते भएका प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा स्कुटर चालक ओखलढुङ्गाको लिखु गाउँपालिका–९ घर भएका ३४ वर्षीय सन्तोष खड्का छन्।
बुधबार राति कारले ठक्कर दिँदा गम्भीर घाइते भएका खड्काको केएमसी अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो।
स्कुटरमा तीनजना सवार थिए। अन्य दुई घाइतेमध्ये १ जनाको केएमसी र अर्काको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।
कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको छ।
324
Shares

प्रतिक्रिया