समाज


राशिफल १८ मंसिर : मकरलाई साथीको यादले सताउने, कुम्भलाई दबाब थेग्न मुस्किल, तपाईँको भाग्य कस्तो?

राशिफल १८ मंसिर : मकरलाई साथीको यादले सताउने, कुम्भलाई दबाब थेग्न मुस्किल, तपाईँको भाग्य कस्तो?

ज्यो. मेनुका दाहाल
मंसिर १८, २०८२ बिहिबार ४:३२, काठमाडौँ

आज बिहीबार, १८ मंसिर २०८२ (४ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-

मेष: प्रेमीसँग पुनर्मिलनको योग छ। प्रतीक्षा गरिएको काम पूरा हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। वैदेशिक क्षेत्रको कार्य अघि बढ्नेछ। दिनको उत्तरार्धमा रिसराग नियन्त्रण गर्न जरूरी छ। आजको मन्त्र- अलग हुनु विशेष हुनु हो।

भाग्यशाली रङ पर्पल र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६७, वैदेशिक कार्यमा ६२ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।

वृष: इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन्। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा फाइदा हुनेछ। प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। टाढिएका मित्रसँग नजिकिने समय छ।

भाग्यशाली रङ निलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ६६, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। सेतो रङको प्रयोग नगर्ने।

मिथुन: स्वास्थ्यप्रति सजगता अपनाउन जरूरी देखिन्छ। खर्चिलो यात्रा हुन सक्छ। शत्रुपक्ष सबल रहने भएकाले सजग रहनु होला। आफन्तको प्रगतिमा मन रमाउनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। साँझमा पैसा खर्च हुने योग छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४१, व्यापारमा ४०, वैदेशिक कार्यमा ४८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३९ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खैरो वा सेतो रङको प्रयोग नगर्ने।

कर्कट: कला र गलाको प्रभाव बढ्नेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। प्रबल इच्छाशक्तिको कारणले लक्ष्यमा पुग्न सहयोग गर्नेछ। साथीहरूले अनावश्यक रूपमा अलमल्याउन सक्छन्।

भाग्यशाली रङ हरियो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६९, वैदेशिक कार्यमा ८० र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले अग्रज व्यक्तिसँग सुझाब लिने। दक्षिण दिशाको यात्रा नगर्ने।

सिंह: बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। धार्मिक र सांस्कृतिक समारोहमा सरिक हुने सम्भावना छ। प्रेमीसँग मधुर मिलन हुनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। आजको मन्त्र- धैर्य नै सबैभन्दा दृढ सफलता हो।

भाग्यशाली रङ पहेँलो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६९, यात्राको योग ८१ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

कन्या: मित्रबाट विशेष सहयोग मिल्नेछ। धैर्य एवं लगनशीलताले विभिन्न अवसर आउनेछ। अतिथिको रूपमा सत्कार पाइन सकिनेछ। वस्त्र तथा अलंकार प्राप्ति हुनेछ। कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६०, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ८० र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला: आफ्नै हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ। कलहको योग भएकाले कसैसँग बोल्दा सतर्कता अपनाउनुहोला। साँझमा नजिकको मित्रसँग भेटघाट हुनेछ। आजको मन्त्र- शब्दले मात्र होइन, विचारले पनि सशक्त बन।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४१, वैदेशिक कार्यमा ६० र शिक्षामा ४१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

वृश्चिक: शुभ समाचार सुन्न पाइएला। आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ। व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ। आतिथ्यपूर्ण सम्मान पाइएला। कार्य सम्पादनमा सहजता मिल्नेछ। आहारविहारको ख्याल गर्नुहोला।

भाग्यशाली रङ रातो र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६६, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

धनु: नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ। विद्या र बुद्धिको विकास हुनेछ। पुनर्मिलनको योग छ। आजको मन्त्र- भिन्नता नै भविष्यको हस्ताक्षर हो।

भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६९, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

मकर: साथीको बढी नै याद आउनेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। राजनीतिक कार्यमा सफलता मिल्नेछ। मनोरञ्जनमा सहभागी भइएला। बन्दव्यापार कमजोर रहला।

भाग्यशाली रङ घ्यु रङ र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५५, व्यापारमा ६१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भैरवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

कुम्भ: दबाब र तनाव बढेको महसुस हुनेछ। सामाजिक कार्यमा रुचि नजाग्न सक्छ। महत्त्वहीन र बेकारका काममा समय नबिताउनु होला। अल्छी लागेमा धार्मिक या दार्शनिक पुस्तक पढ्दा राम्रो हुन्छ त्यसले तपाईँलाई नयाँ विचार दिनेछ।

भाग्यशाली रङ घ्यु रङ र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ४९ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४१, यात्राको योग ३८ र सम्पूर्ण भाग्याङ्क ४७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

मीन: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विश्वास गरेकाले साथ दिनेछन्। सुखद र धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ पहेँलो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad