मोरङको ग्रामथान गाउँपालिका–६ बस्ने शब्द नारायण चौधरीको धान खेतमा थ्रेसर लगाउने क्रममा आगलागी हुँदा ट्रयाक्टरसहित थ्रेसर लगाउन लागेको धान जलेर नष्ट भएको छ।
शुक्रबार दिउँसो भएको आगलागीबाट को१ त ५५८३ नम्बरको ट्याक्टर, थ्रेसर मेसिन र धान समेत जलेर करिब ७ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
यता, जुम्लााको सिंजा गाउँपालिका–३ माथिल्लो गुठी बस्ने ५० वर्षीय प्रेम बुढाको घरमा बिहीबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर नष्ट भएको छ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
24
Shares

प्रतिक्रिया