आज शनिबार, २० मंसिर २०८२ (६ डिसेम्बर २०२५)। हेर्नुस् आजको राशिफल-
मेष: भाग्यले साथ दिनेछ। लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। सफल यात्रा गर्ने अवसर जुट्नेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुनेछ। आजको मन्त्र- भिन्नता नै भविष्यको हस्ताक्षर हो।
भाग्यशाली रङ रातो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ५९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
वृष: प्रसिद्धि र सम्मानमा वृद्धि हुनेछ। धार्मिक र सामाजिक महत्त्व भएको क्षेत्रमा भ्रमण हुन सक्छ। कुनै समाचारले मनमा शान्ति छाउनेछ। आत्मिक सन्तुष्टि मिल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ६५, व्यापारमा ७०, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
मिथुन: प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। इष्टमित्रसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लुकेको प्रतिभा र योग्यताको कदर हुनेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।
कर्कट: धार्मिक कार्य र मनोरञ्जनमा सहभागी भइएला। मन खिन्न हुने स्थिति आउनेछ। अधुरा र जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। घर व्यवहारमा झमेला आउन सक्छ। बुद्धिले काम नगर्न सक्छ, अत: सचेत रहनु होला।
भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ६६ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४३, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
सिंह: पुरानो र बिर्सिसकेको साथीको सम्झना आउनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ। प्रेम र दाम्पत्य जीवनमा मधुरता छाउनेछ। धैर्यताले अवसर दिलाउनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। सजिलै अरूको मन जित्न सकिनेछ।
भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
कन्या: उपकार गरेर अरूको मन जित्न सकिनेछ। प्राविधिक कार्य सफलता मिल्नेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ। अरूले सापटी लगेको रकम फिर्ता पाइनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला।
भाग्यशाली रङ खैरो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ५०, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
तुला: मन खिन्न हुने स्थिति आउनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त हुनेछ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। जटिल ठानिएको काम सम्पादन होला। आजको मन्त्र- बाटो आफैँ बन्छ, मात्र हिँड्ने आँट चाहिन्छ।
भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ७६ र शिक्षामा ५१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: शुभ समाचार सुन्न पाइएला। लाभहानि, बराबर रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुख मिल्नेछ। बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ। घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ।
भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ४७, व्यापारमा ४७, वैदेशिक कार्यमा ७० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।
धनु: शुभकार्यको चर्चा चल्नेछ। नोकरीबाट मानसम्मान मिल्नेछ। मित्रबाट विशेष सहयोग हुनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। धैर्य गरी मिहिनेत गरेमा कार्यसिद्धि हुन सक्छ। प्रतिष्ठा र पदोन्नतिको सम्भावना छ। आजको मन्त्र- स्थिर सोच, शान्ति र सफलता एक-अर्काका परिपूरक हुन्।
भाग्यशाली रङ आकासे र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मकर: आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। कुनै समाचारले मनमा शान्ति छाउला। वाणीमा कुशलता आउने दिन परेको छ। उमङ्गको सिर्जना हुनेछ। प्रेमीको सहयोग पाइनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ६२, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
कुम्भ: दबाब र तनाव बढेको महसुस हुनेछ। मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछ। रचनात्मक कार्यबाट अरूको मन जित्न सकिनेछ। सामाजिक र राजनीतिक क्षेत्रमा चासो बढ्नेछ। प्रेम जीवन सबल र सफल हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। उत्तरको यात्रा नगर्ने।
मीन: नयाँ कार्य वा रोजगारीको अवसर मिल्नेछ। शरीर भारी र मन अस्थिर रहला। सामान हराउने योग छ। साँझमा सुखद भेट रहनेछ। आजको मन्त्र- दृढ सङ्कल्प नै जितको पहिलो पाइला हो।
भाग्यशाली रङ हरियो र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४२, वैदेशिक कार्यमा ५७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया