समाज


तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

तीनकुने घटनामा मृत्यु भएका पत्रकार रजकलाई सहिद घोषणा गर्ने सरकारको निर्णय

नेपालखबर
मंसिर २२, २०८२ सोमबार २०:७, काठमाडौँ

काठमाडौैँको तीनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेस रजकलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको छ। 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए। गत चैत १५ गते राजावादीले गरेको आन्दोलनका क्रममा पत्रकार रजकको मृत्यु भएको थियो। 

तीनकुनेस्थित भवनमा आन्दोलनकारीले आगो लगाएका थिए। आगलागी भएको भवनमा पत्रकार रजकको शव भेटिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad