आइतबारको तुलनामा सोमबार (आज) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही बढेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.९ डिग्री सेल्सियस देखिएको हो।
हिजो आइतबार यो समय काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस थियो भने पछि बिहान ८:४५ बजेको मापनमा ५.० डिग्री सेल्सियस कायम भएको थियो।
आजको पनि आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन हुन्छ। त्यसबेला न्यूनतम तापक्रम केही घट्ने सम्भावना हुन्छ।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम केही बढ्छ भने राति आकाश सफा रह्यो भने न्यूनतम तापक्रम घट्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम दुईथरी तापक्रम मापन गर्छ।
सबैभन्दा कममा झरेको तापक्रम त्यस दिनको न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि पुगेको तापक्रम त्यस दिनको अधिकतम तापक्रम हुन्छ।
मौसमविद्का अनुसार न्यूनतम बिहान ८:४५ बजे मापन हुन्छ भने अधिकतम साँझ ५:४५ बजे मापन गरिन्छ।
हिजो आइतबार यस्तो थियो देशका विभिन्न स्थानका न्यूनतम र अधिकतम तापक्रम:

Shares

प्रतिक्रिया