समाज


‘जनपक्षीय विद्यार्थी युनियन’को हड्तालले काठमाडौँका केही विद्यालयमा पढाई प्रभावित

‘जनपक्षीय विद्यार्थी युनियन’को हड्तालले काठमाडौँका केही विद्यालयमा पढाई प्रभावित

फाइल तस्बिर


नेपालखबर
पुस ७, २०८२ सोमबार ९:३८, काठमाडौँ

‘जनपक्षीय विद्यार्थी युनियन’ले आह्वान गरेको शैक्षिक हड्तालको कारण आज काठमाडौँ उपत्यकाका केही शैक्षिक संस्था बन्द भएका छन्।

नेकपा जनपक्षीय निकट विद्यार्थी संगठनले १८ बुँदे माग राखेर हड्तालको घोषणा गरेको हो। 

जनपक्षीय विद्यार्थी युनियनले निजी विद्यालयले लिइरहेको शुल्कमा ५० प्रतिशत कटाैती गर्न माग गरेको छ।

यसका साथै विदेशमा रहेका नेपाली विद्यार्थी तथा श्रमिकले भोट निर्वाचनमा हाल्न पाउनु पर्नेसहित १८ बुँदे माग पनि संगठनले अघि सारेको उक्त  संगठनकी अध्यक्ष सुनिता बुढाथोकीले बताइएकी छन्। 

विद्यालय हड्तालको घोषणाले शैक्षिक संस्थाहरू अन्योलमा परेका छन्। निजी विद्यालयका छाता संस्थाहरूले पनि विद्यालय सञ्चालन गर्ने वा बन्द गर्ने भन्नेबारेमा औपचारिक निर्णय लिएका छैनन्। 

प्याब्सन र एनप्याब्सनले सम्बन्धित विद्यालयलाई नै निर्णय गर्न भनेका बताइएको छ। हड्ताल घोषणाले धेरै निजी विद्यालयमा आज पढाइ हुन सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad