समाज


रोल्पाका २१० विद्यार्थीलाई पोसाक र झोला वितरण

रोल्पाका २१० विद्यार्थीलाई पोसाक र झोला वितरण

नेपालखबर
पुस ७, २०८२ सोमबार १९:२९, रोल्पा

रोल्पाको दुर्गम क्षेत्रको गंगादेव गाउँपालिकाका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। 

गंगादेव गाउँपालिकाका-२ को सिद्धार्थ आधारभूत विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार करिब २१० जना विद्यार्थीलाई विद्यालय पोसाक र झोला वितरण गरिएको हो। 

रोटरी क्लब बुटवलले ती सामग्री वितरण गरेको हो। यसको समन्वय शिक्षक सिताराम वलीले गरेका हुन्।

गंगादेव गाउँपालिकाका अध्यक्षको प्रमुख आतिथ्यमा आयोजित आयोजना गरिएको वितरण कार्यक्रममा रोटरी क्लबका अध्यक्ष बाबुराम बन्जाडे लगायतले सामग्री वितरण गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad