समाज


मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

मोटरसाइकल दुर्घटना हुँदा पछाडि बस्ने युवकको मृत्यु, चालक गम्भीर घाइते

नेपालखबर
पुस १७, २०८२ बिहिबार १२:५३, काठमाडौँ

धनुषामा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।  

प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका-१४ बाबा पेट्रोल पम्प नजिक गएराति मोटरसाइकल दुर्घटनामा परेको हो। 

पिडारीचोकबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ज.७ प ५०६७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय सौरभ कर्ण रहेका छन्। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकलाई थप उपचारको लागि राति नै टिचिङ अस्पताल काठमाडौँ ल्याएको छ। 

तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad