समाज


कतारमा १३ नेपालीलाई आममाफी

कतारमा १३ नेपालीलाई आममाफी

फाइल तस्बिर


नेपालखबर
पुस १८, २०८२ शुक्रबार १३:२१, काठमाडौँ

कतार सरकारले विभिन्न जेलमा रहेका १३ जना नेपालीलाई आम माफी दिएको छ। 

राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा कतार सरकारले १३ जना नेपाली नागरिकलाई आममाफी दिएको जानकारी पराराष्ट्र मन्त्रालयले दिएको हो।

परराष्ट्र मन्त्रालयले नेपालीलाई आममाफी दिएकोमा कतार सरकारलाई धन्यवाद पनि दिएको छ। परराष्ट्रले विज्ञप्ति जारी गर्दै आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ जना नेपाली कैदीलाई आममाफी दिएको जानकारी दिएको हो। 

कतारले उदारतापूर्वक प्रदान गरेको आममाफीप्रति सरकारले आभार प्रकट गरेको छ। यसले नेपाल र कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दपूर्ण सहकार्य थप प्रगाढ भएको सरकारले जनाएको छ। 

दुई साताअघि मात्रै नेपालले कतारलाई २ वटा हात्ती उपहार दिएको थियो। कतारमा हाल ५ लाख जति नेपाली कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad