समाज


अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ

नेपालखबर
पुस १८, २०८२ शुक्रबार १९:७, काठमाडौँ

गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन कल बाइपास (भीओआईपी) सञ्चालन गर्ने एक युवा पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले नेपाल टेलिकम र एनसेलको सहयोगमा काठमाडौँको ज्ञानेश्वरबाट झापाका राजन राजवंशीलाई आज पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वरस्थित सलिना राईले सञ्चालन गरेको एक कम्पनीमा इन्टरनेट प्रयोग गरी कल बाइपास गरेको प्रहरीले जनाएको छ।

कल बाइपास गर्ने उपकरणसहित पक्राउ परेका उनलाई दूरसञ्चार ऐन, २०५३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

प्रहरीले उनको साथबाट विभिन्न कम्पनीको राउटर र एडप्टर, कम्प्युटर, युपिएसलगायत उपकरण बरामद गरेको ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad