प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा बर्दियाबाट एक युवकलाई पक्राउ गरेको छ।
१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बढैयाताल गाउँपालिका-१ ठूलो डाँफे बस्ने ३१ वर्षीय बिष्णु बहादुर क्षेत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
प्रहरीले आरोपी युवकलाई मंगलबार राति पक्राउ गरेको हो।
क्षेत्रीले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
117
Shares

प्रतिक्रिया