काठमाडौँस्थित नेपाली दूतावासले भिसासम्बन्धी ठगी गर्न खोज्ने केही व्यक्तिका कारण सबै भिसा आवेदनहरूमा थप कडाइका साथ जाँच हुने अवस्था सिर्जना भएको बताएको छ।
दूतावासले सूचना जारी गर्दै कडा छानबिनमार्फत भिसा प्रणाली सुरक्षित राख्ने र ठगीलाई अत्यन्त गम्भीर रूपमा लिने जनाएको छ।
दूतावासले भिसा प्रक्रियामा हुने कुनै पनि किसिमको ठगी सह्य नहुने स्पस्ट गर्दै यस्ता गतिविधिबारे जानकारी भएमा तत्काल जानकारी दिन आग्रह समेत गरेको छ।
दूतावासले बेला बेलामा यस्ता सूचना जारी गर्ने गरेको छ। अमेरिकाले भिसा दिनुअघि आवेदकको समाजिक सञ्जालको पनि कडा जाँच गर्ने गरेको छ। 
207
Shares

प्रतिक्रिया