कोरोना भाइरसमुक्त भएर घर फर्केका काडमाडौंका एक जनामा पुनः संक्रमण पोजेटिभ देखिएको छ।
काठमाडौंको सनसिटी अपार्टमेन्टका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। फलोअप चेकअपका क्रममा जाँच गर्दा पुनः कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ।
५ चैतमा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा कोरोना संक्रमण भएको १ वैशाखमा पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचार गरेर आमाछोरा ११ वैशाखमा घर फर्किएका थिए ।
पुनः कोरोना संक्रमण देखिएका उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।
यता, नारायणी अस्पतालबाट डिस्चार्ज भएका २ जना पुरुषमा पनि पुनः कोरोना पोजेटिभ देखिएको छ। रौतहटका २१ वर्षीय पुरुष र अर्का एक भारतीय नागरिकमा संक्रमण देखिएको हो

प्रतिक्रिया