समाज


जिप दुर्घटना: अर्का घाइतेको पनि मृत्यु  (४ मृतक र ६ जना घाइतेको नामावली)

जिप दुर्घटना: अर्का घाइतेको पनि मृत्यु  (४ मृतक र ६ जना घाइतेको नामावली)

फाइल तस्बिर


नेपालखबर
पुस २९, २०८२ मंगलबार ७:१५, काठमाडौँ

बैतडीमा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। दुर्घटनामा अन्य ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

सोमबार जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा जिप दुर्घटनामा परेको हो। 

मोतिनगरबाट डडेल्धुरा जाँदै गरेको म.१ ज २२४ नम्बरको बोलेरो जिप अनियन्त्रित भएर सडकबाट ३०० मिटर तल खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

दुर्घटनामा परेर तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो। थप एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

जिपमा चालकसहित ११ जना सवार थिए। दुर्घटनामा छ जना घाइते भएका छन्।

मृत्यु हुनेमा सिगास गाउँपालिका–१ का २४ वर्षीय निसान्त बोहरा, २८ वर्षीय भानदेव भट्ट, २७ वर्षीय वसन्ती ऐर र डडेलधुराको आलीताल गाउँपालिका–३ का १३ वर्षीय बालक राकेश रावल रहेका छन्। 

दुर्घटनामा सिगास गाउँपालिका–१ की १९ वर्षीया विमला ऐर, चार वर्षीया प्रन्सा ऐर, २५ वर्षीय लालमणि बोहोर, जिप चालक गणेश विष्ट, डडेलधुरा आलीताल गाउँपालिका–३ का ३२ वर्षीय वीरेन्द्र बोहरा र पाटन नगरपालिका–८ की २५ वर्षीया कमला विष्ट घाइते भएका छन्। 

घाइतेमध्ये विमला ऐर र लालमणि बोहोराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

घाइते सबैको डडेलधुरा अपस्तालमा उपचार भइरहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad