समाज


मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धाको मृत्यु, चालक घाइते

मोटरसाइकलको ठक्करबाट ७० वर्षीय वृद्धाको मृत्यु, चालक घाइते

नेपालखबर
पुस ३०, २०८२ बुधबार १०:४५, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ पिपिराचोकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

कर्णाली प्रदेश०२–००२प३२७१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा वीरेन्द्रनगर–१३ की ७० वर्षीया लक्ष्मी लामिछानेको मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको जिल्ला टा«फिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए।
 
मोटरसाइकल चालक लेकबेँसी नगरपालिका–३ का २९ वर्षीय हर्कबहादुर बस्नेत पनि घाइते भएका प्रहरीले जनाएको छ। उनको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad