समाज


तनहुँमा भ्यान दुर्घटना हुँदा १ बालिकाको मृत्यु, किशोर घाइते

तनहुँमा भ्यान दुर्घटना हुँदा १ बालिकाको मृत्यु, किशोर घाइते

नेपालखबर
माघ ११, २०८२ आइतबार ९:४८, काठमाडौँ

तनहुँमा भ्यान दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने अर्का एकजा किशोर घाइते भएका छन्। 

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आज बिहान करिब साढे सातबजे म्यादे गाउँपालिका ४ कोलडाँडामा ग.३ च ५८३५ नम्बरको पिकअप भ्यान दुर्घटनामा परेको हो। 

दुर्घटनामा ज्यान गुमाउनेमा म्यादे ४ कोलडाँडा बस्ने बुद्धीबहादुर घर्तीकी १३ वर्षीया छोरी कोरस्का घर्ती रहेकी जिल्ला प्रहरी कार्यालय तनहुँले जनाउको छ।  

दुर्घटनामा गम्भीर घाइते बालिकाको उपचारको क्रममा प्रदेश अस्पताल दमौलीमा मृत्यु भएको हो। बालिकाको शव सोहि अस्पतालको शब गृहमा राखिएको छ।  

कोलडाँडा थर्पुको भित्री सडकखण्डमा कोलडाँडाबाट थर्पुतर्फ आउँदै भ्यान चालकले नियन्त्रण गुमाउँदा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  

भ्यान सडकबाट अन्दाजी २० मिटर तल खसेको छ। भ्यानमा चालकसहित ३ जना सवार थिए।  दुर्घटनामा सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती घाइते भएका छन्। 

उनको दमौली अस्पतालमै उपचार भइरहेको छ। दुर्घटनापछि भ्यान चालक स्थानीय ३० वर्षीय बसन्त घर्तीलाई प्रहरीको नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad