समाज


राशिफल १७ माघ : कन्यालाई लक्ष्यप्राप्ति, तुला रमाइलो यात्रामा, तपाईँको दिन कस्तो?

राशिफल १७ माघ : कन्यालाई लक्ष्यप्राप्ति, तुला रमाइलो यात्रामा, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
माघ १७, २०८२ शनिबार ४:१८, काठमाडौँ

आज शनिबार, १७ माघ २०८२ (३१ जनवरी २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: अल्छीपन र आलस्य नत्यागेमा आँटेको काममा सफलता नमिल्न सक्छ। राम्रै काम गरे पनि कार्यमा अवरोध आउला। स्वास्थ्य तथा सुन्दरतामा धन खर्च हुनेछ। बाहिरी गफगाफमा भुल्दा व्यापार-व्यवसायमा असर पर्ने देखिन्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ४९, व्यापारमा ४२, वैदेशिक कार्यमा ६५ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

वृष: परोपकारका क्षेत्रमा लगानीको समय छ। लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ। अरूको मुख नताकी सही निर्णय लिन सके थप अवसर प्राप्त होला। मन्त्र- विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो।

भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६९, वैदेशिक कार्यमा ५५ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ६३ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। चलाखीपूर्ण बोलीले सङ्कल्पसिद्ध हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्ला। कूटनीतिक नियोगको सहयोग मिल्ला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ५ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। छलकपट नगर्ने।

कर्कट: साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अध्ययन-अध्यापनको क्षेत्र सबल रहनेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। सामाजिक उत्तरदायित्व या पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ।

भाग्यशाली रङ खैरो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६१, वैदेशिक कार्यमा ७० र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

सिंह: दुष्ट व्यक्तिको सङ्गतमा पर्दा खराब कार्य गर्न सकिन्छ, सचेत रहनुहोला। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नु पर्छ। मन्त्र- अलग हुनु विशेष हुनु हो।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।

कन्या: लक्ष्यप्राप्तिको योग देखिन्छ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। घरपरिवारका सदस्यबाट सहयोग पाइनेछ। अरूले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। धार्मिक यात्राको योग छ।

भाग्यशाली रङ रातो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, वैदेशिक कार्यमा ६४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

तुला: आफन्त, सहयोगी र मित्र वर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुन सक्छ। शुभचिन्तकले पूर्ण साथ दिनेछन्। रमाइलो यात्राको योग छ। पढाइलेखाइमा प्रगति गर्न नसकिने देखिन्छ। पुनर्मिलनको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६५, वैदेशिक कार्यमा ६९ र शिक्षामा ७७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्‌लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।

वृश्चिक: धार्मिक तथा सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुन सक्छ। रोकिएको कार्यले पूर्णता पाउनेछ। पेसा-व्यवसायबाट लाभ हुनेछ। कृषि क्षेत्रमा सफलता पाउनु हुनेछ। रमाइलो यात्रा हुनेछ। पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ।

भाग्यशाली रङ सेतो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६८, वैदेशिक कार्यमा ७० र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५५, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। उत्तर दिशा नजाने।

धनु: महत्त्वपूर्ण अवसर गुम्न सक्छ। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। नजिकका व्यक्तिबाट कार्यमा बाधा आउला। साँझमा प्रतिष्ठित व्यक्तिसँगको अन्तरक्रियाले मनोबल उच्च बनाउनेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४४, व्यापारमा ३७, वैदेशिक कार्यमा ६३ र शिक्षामा ४३ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६०, यात्राको योग ४७ र सम्पूर्ण भाग्याङ्क ३८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। झुट नबोल्ने।

मकर: कार्य सम्पादनमा सहजता मिल्नेछ। तार्किक क्षमता एवं बोलीको प्रभावले स्वरोजगार भइनेछ। वैदेशिक काम र प्रक्रिया सहजै अघि बढ्नेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ। सरकारी निकायको भय रहनेछ, अतः सावधान रहनुहोला।

भाग्यशाली रङ सेतो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६६ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५९ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। सजिलै अरूको विश्वास नगर्ने।

कुम्भ: पुनर्मिलनको योग छ। मठमन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभकार्यको चर्चा चल्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। विश्वासपात्रले भाषा परिवर्तन गर्न सक्छन्।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।

मीन: राजनीति तथा समाजसेवामा जनताको साथ पाइनेछ। सार्वजनिक पद पाइन सकिन्छ। बोलीकै भरमा काम बन्नेछ। विद्या र बुद्धिको विकास हुनेछ। शुभ समाचार सुन्नमा आउला।

भाग्यशाली रङ निलो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७०, व्यापारमा ६२, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ७५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad