अघिल्लो दिनको तुलनामा काठमाडौँ उपत्यकामा आज (आइतबार) आ न्यूनतम तापक्रम तल झर्दा अधिकतम तापक्रम भने माथि उक्लिएको छ।
मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार आज काठमाडौँमा न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम २०.१ डिग्री सेल्सियस छ।
हिजो (शनिबार) काठमाडौँ उपत्यकामा ती तापक्रम क्रमश: ५.८ र १८.५ डिग्री सेल्सियस थिए।
मौसमविद्का अनुसार राति आकाशमा बादल लाग्दा बिहान न्यूनतम तापक्रम बढ्छ भने आकाश सफा रहँदा घट्छ।
यसको ठिक उल्टो दिउँसोचाहिँ बादल हुँदा घाम नदेखिने भएकाले अधिकतम तापक्रम घट्छ भने आकाश सफा हुँदा घाम लाग्ने भएकाले बढ्छ।
मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।
न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।
सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।
हेर्नुहोस् देशभरको तापक्रम सूची

Shares

प्रतिक्रिया