समाज


भारतबाट मध्यराति नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका नयाँ संक्रमित

भारतबाट मध्यराति नेपाल प्रवेश गरेका थिए कपिलवस्तुका नयाँ संक्रमित

यज्ञराज जोशी
बैशाख २७, २०७७ शनिबार ६:४२,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार कपिलवस्तुका १७ वर्षका एक र १८ वर्षका दुई जनामा कोरोना संक्रमण पुष्टि गरेको थियो।

उनीहरुमध्ये दुई जना मायादेवी गाउँपालिका हुन् भने एक जना सिद्धोधन गाउपालिकाका हुन्।

‘उनीहरु २३ गते  मध्यराति नाकाबाट नेपाल प्रवेश गरेका हुन्,’ मायादेवी गाउँपालिकाका स्वास्थ्य फाँटमा कार्यरत महेश घिमिरेले भने, ‘उनीहरु मुम्बईबाट आएको खुलेको छ।’

मायादेवी गाउँपालिका वडानम्बर एकको क्वारेन्टिनमा राखिएको उनीहरुको नेपाल प्रवेश गरेको अर्कोदिन बैशाख २४ गते स्वावको नमूना संकलन गरिएको थियो।

उनीहरुसँग गाउपालिकाको क्वारेन्टिनमा रहेका ६५ जनाको स्वाव संकलन गरि पठाउँदा यसअघि २ जनासहित शनिबार तीन जनामा कोरोना पोजिटिभ भेटिएको हो।

यसअघि बिहीबार कपिलवस्तुमा १६ र २२ वर्षीय दुई पुरुषमा कोरोना पुष्टि भएको थियो। उनीहरु र शनिबार भेटिएकाबीच पारिवारिक सम्बन्ध नरहेको तर क्वारेन्टिनमा घुलमिल भएको हुनसक्ने उनले बताए।

बिहीबार संक्रमित भेटिएका दुई जनालाई शुक्रबार बिहान बुटवल स्थित अस्थायी कोरोना अस्पतालमा पुर्याईसकिएको छ। शनिबार भेटिएकाहरुलाई पनि अस्पताल लैजान स्वास्थ्य कार्यालयको टोली आइरहेको उनले बताए।

संक्रमितहरुको विस्तृतमा ट्राभल हिस्ट्री बुझ्न र कन्ट्याक्ट ट्रेसिङका लागि इपिमियोडोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट मान्छे आएको र अध्ययनपछि थप विवरण बाहिर आउने उनले बताए।
भारतबाट लुकिछिपी मान्छेहरु आउनेक्रम नरोकिएकाले गाउँपालिका अहिले दुईवटा क्वारेन्टिनहरु सञ्चालनमा रहेको उनले बताए।

नेपालमा हाल संक्रमितकाे  संख्या १०९ पुगेकाे छ। तर तीमध्ये २८ जना सञ्चो भइसकेका छन्। निको भएका तीन जनामा तीन जनामा पुन: संक्रमण देखिएपछि उनीहरु उपचाररत् छन्।

कोरोना संक्रमण : नेपालमा अब छिटो फैलिन सक्ने विज्ञहरुको चेतावनी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad