समाज


पाल्पा–१ का एमाले उम्मेदवारलाई पितृशोक

पाल्पा–१ का एमाले उम्मेदवारलाई पितृशोक

नेपालखबर
फागुन १८, २०८२ सोमबार १०:२, काठमाडौँ

पाल्पा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार एमाले नेता नारायणप्रसाद आचार्यलाई पितृशोक परेको छ। 

उनका बुवा डिल्लीप्रसाद आचार्यको ९२ वर्षको उमेरमा आइतबार निधन भएको हो।

उपचारको क्रममा उनको तिलोत्तमा –५, रुपन्देहीस्थित क्रिमसन अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। 

आचार्य चुनाव प्रचार–प्रसार र घरदैलो कार्यक्रममा व्यस्त रहेकै अवस्थामा शोकमा परेका हुन्। आचार्य पाल्पा निर्वाचन क्षेत्र १ बाट दोस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। 

स्वर्गीय आचार्यका चार छोरा र ३ छोरी छन्। उनको आइतबार कालीगण्डकी नदीस्थित रामनदीधाममा अन्तिम संस्कार गरिएको छ। 

यसअघि ०७९ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेको तर्फबाट आचार्य नै पाल्पा १ बाट जिवजयी भएका थिए। 

त्यतिबेला उनले गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गाहालाई पराजित गरेका थिए। 

आचार्यले ३१ हजाार १०३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५६ मत प्राप्त गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad