समाज


प्रदेश ५ मा कोरोना संक्रमित बढेपछि कर्णाली प्रवेश गर्ने सबै नाका अनिश्चितकालका लागि ‘सिल’

प्रदेश ५ मा कोरोना संक्रमित बढेपछि कर्णाली प्रवेश गर्ने सबै नाका अनिश्चितकालका लागि ‘सिल’

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ३:५९,

कर्णाली प्रदेश सरकारले सबै नाका अनिश्चित कालका लागि ‘सिल’ गरेको छ। कोरोना भाइरसको जोखिम बढे पछि कर्णाली प्रदेश प्रवेश गर्ने नाका अनिश्चितकालका लागि गरिएको हो।

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सोमबार बसेको प्रदेश विपद् व्यवस्थापन समितिको बैठकले कर्णाली प्रदेशमा आवतजावत अनिश्चिकालका लागि बन्द गर्ने निर्णय गरेको सामाजिक विकासमन्त्री दल बहादुर रावलले जानकारी दिए।

प्रदेश ५ मा अहिलेसम्म ४९ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। अहिलेसम्म बाँकेमा २७, कपिलबस्तुमा १६ र रुपन्देहीमा ६ जनामा कोरोना पुष्टि भइसकेको छ।

खाद्यान्नसहित अत्यावश्क वस्तुका गाडीलाई भने निगरानीमा राखेर प्रवेश गर्न दिइने छ।

सीमा जोडिएको प्रदेश ५ को कपिलबस्तु, रुपन्देही, बाँके लगायतका जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि आफ्नो प्रदेशमा पनि जोखिम बढेको निष्कर्षमा कर्णाली प्रदेश सरकार पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad