छापा खबर


सगरमाथाको मापन पूरा, उचाइ घोषणाकाे तयारी

सगरमाथाको मापन पूरा, उचाइ घोषणाकाे तयारी

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार ४:९,

झन्डै दुई वर्षअघि देखि सुरु भएको सगरमाथा मापनको काम पूरा भएको छ।

नापी विभागका अनुसार हाल डाटा प्रोसेसिङको काम भइरहेको छ। यो काम पनि अन्तिम चरणमा पुगेको विभागले जनाएको खबर आजको नागरिक दैनिकले छापेको छ।

विभागले एक अन्तर्राष्ट्रिय गोष्ठी गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो। तर लकडाउनका कारण अन्तर्राष्ट्रिय गोष्ठी गर्न नसकिएको विभागका सूचना अधिकारी दामोदर ढकालले जनाए।

सगरमाथाको मापन सुरु गर्नुअघि विभागले सन् २०१७ डिसेम्बरमा अन्तर्राष्ट्रिय गोष्ठी गरी विज्ञहरूको सल्लाह र सुझाव मागेको थियो। सो गोष्ठीमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्यान्ड, बेलायतलगायत देशका प्रतिनिधिको सहभागिता थियो।

केही महिनाभित्र सगरमाथा मापनको उचाइ घोषणा गर्ने तयारी विभागका अधिकारीले गरेका छन्। ‘फिल्डको काम पूरा भएको छ। डाटा प्रोसेसिङको काम सकिएपछि उचाइ घोषणा गर्छौं,’ ढकालले भने।

हाल सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिँदै आएको छ। यस मापनलाई अन्तर्राष्ट्रिय जगतले मान्यता दिएको छ। यो मापन सन् १९५४ मा जिएल गुलाटी कम्पनीले गरेको थियो। यसपटक नेपालले आफ्नै स्रोतसाधन र प्रविधिबाट सगरमाथाको मापन गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad