समाज


रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक

रुपन्देहीको दक्षिण भेगमा आवतजावतमा रोक

नेपालखबर
बैशाख ३०, २०७७ मंगलबार १६:१०,

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले हुलाकी मार्गको दक्षिण भेगको आवतजावतमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार हुलाकी सडकको दक्षिण क्षेत्रमा बुधबारदेखि लागू हुने गरी आवतजावत गर्न नपाइने र कार्यालयबाट जारी भएको पास रद्द गरिएको जानकारी दिए।

कपिलवस्तुदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सिमानासम्मको हुलाकी सडकको दक्षिणतर्फ लुम्बिनी सांस्कृतिक नगरपालिका तथा समरीमाई गाउँपालिका, मर्चवारी, कोटहीमाई र मायादेवी गाउँपालिकाका केही क्षेत्र, सिद्धार्थनगरका केही क्षेत्र, ओमसतिया गाउँपालिकाका केही क्षेत्र र रोहिणी गाउँपालिका पर्छन्।

रुपन्देहीको हुलाकी सडकको दक्षिण क्षेत्रमा एउटा वडाबाट अर्को वडामा आवतजावतमा समेत रोक लगाइएको प्रजिअ पन्थले बताए। मंगलबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरणनुसार रुपन्देहीमा नौ जना कोरोना सङ्क्रमित पुष्टि भएको थियो। कोरोना संक्रमित लुम्बिनीस्थित श्रीलंकाली गेष्टहाउसको क्वारेन्टिनमा बसेकाहरु रहेको उनले जानकारी दिए।

यसअघि सोमबार मात्रै लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासस्थित क्वारेन्टाइनमा रहेका दुई जनामा कोरोना पुष्टि भएको थियो। मर्चवारको समरीमाईको भैसागाहनस्थित मदरसाको क्वारेन्टिनमा रहेका चार जनामा कोरोना पुष्टि भएको थियो। रुपन्देहीमा यसअघि दुई हप्ता अगाडि कोटहीमाईको मर्चवार आदर्श माविको क्वारेन्टाइनमा बसेका एक युवकमा कोरोना पुष्टि भएको थियो। रुपन्देहीमा कोरोना पोजिटिभ देखिएका सबै भारतबाट लकडाउनकै अवधिमा लुकिछिपी आएकाहरु हुन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad