समाज


पश्चिमी र स्थानीय वायुको प्रभाव : यी स्थानमा पानी तथा हिउँ पर्ने प्रक्षेपण

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी स्थानमा पानी तथा हिउँ पर्ने प्रक्षेपण

नेपालखबर
चैत ९, २०८२ सोमबार ८:३७, काठमाडौँ

हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महााशाखाले जनाएको छ। यतिबेला (सोमबार बिहान) सुदूरपश्चिम प्रदेशलगायत देशका हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लागेको छ भने बाँकी आकाशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात भइरहेको छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशका पहाडी र हिमाली क्षेत्रको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईको आकाशमा आंशिक बादल लाग्नेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान तथा बाँकी पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना छ। 

राति देशका पहाडी र हिमाली भेगको आकाशमा साधारणतया बादल लाग्नेछ भने तराईको आकाशमा आंशिक बादल लाग्नेछ। कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बाँकी हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा/हिमपात हुने सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

यसैबिच आज काठमाडौँ उपत्यकाको आकाशमा पनि आंशिक बादल लाग्ने र साँझपख हल्का वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्। तर आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना निकै कम रहेको बताइएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad