सामाजिक सञ्जालमा किशोरीको चरित्र हत्या गरेको अभियोगमा काठमाडौँबाट २२ वर्षीय एक युवक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा काठमाडौँ बस्दै आएका काभ्रेको नमोबुद्ध नगरपालिका-८ दारीमबोट घर भएका २२ वर्षीय अशोक लामा रहेका प्रहरीले जनाएको छ।
किशोरीको अन्तरङ्ग तस्बिर तथा भिडियो टेलिग्राम एकाउन्टबाट प्रसारण भइरहेको उजुरीको आधारमा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसुरमा कारबाही हुने प्रहरीले जनाएको छ।
उनलाई जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप गरेर प्रहरीले अनुसन्धान अघि बढाएको छ।
111
Shares

प्रतिक्रिया