आज (बिहीबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १३.० डिग्री सेल्सियस देखिएको छ।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (बुधबार) सुरुवातमा ११.४ देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला ११.२ डिग्री सेल्सियस कायम भएको थियो।
यसैबिच आज काठमाडौँ उपत्यकाको मौसम दिनभर आंशिक बदली रहने सम्भावना देखिएको मौसम महाशाखाका मौसमविद् डेभिड ढकालले जानकारी दिए।
'आज काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना कम देखिएको छ', नेपालखबरसँग उनले भने, 'भोलिचाहिँ वर्षाको सम्भावना अलि बढी छ।'
आज देशभरको मौसम कस्तो होला, कहाँ कहाँ वर्षा-हिमपात होला भन्ने प्रक्षेपण भने मौसम महाशाखाले अहिले बिहान ८ बजे सार्वजनिक गर्छ।
Shares

प्रतिक्रिया