समाज


विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन

विश्वशान्तिको कामना गर्दै कालीगण्डकी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन

नेपालखबर
चैत १३, २०८२ शुक्रबार १८:२१, म्याग्दी

विश्व शान्तिको कामना गर्दै आज बेनीस्थित कालीगण्डकी नदी किनारमा दुई करोड ५० लाख दीप प्रज्ज्वलन गरिएको छ। 

विश्व हिन्दू महासङ्घ म्याग्दीले रामनवमी पर्वको अवसर पारेर कालीगण्डकी र म्याग्दी नदीको दोभान नजिकै दीप प्रज्ज्वलन गरेको हो।

विश्व शान्तिको कामनाका साथै बेनी बजारको धार्मिक पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले दीप प्रज्ज्वलन गरिएको महासङ्घका उपाध्यक्ष विक्रम श्रेष्ठले जानकारी दिए। 

मध्यपूर्वका देशहरूमा भइरहेका द्वन्द्व हटेर शान्ति कायम होस् र नेपालमा शुक्रबार नै गठन भएको नयाँ सरकारले जनअपेक्षाअनुसार काम गर्न सफल होस् भन्ने कामनासहित दीप प्रज्ज्वलन गरिएको महासङ्घका अध्यक्ष दण्डपानी शर्माले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad