अहिले (सोमबार बिहान) काठमाडौँ उपत्यकामा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले सोमबार बिहान ७:४० बजेतिर दिएको जानकारीअनुसार हाल कोसी, बागमती, गण्डकी प्रदेश प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा आंशिक बादल लागेको छ।
मौसम महाशाखाले अगाडि लेखेको छ, ‘काठमाडौँमा भने हल्का पानी परिरहेको छ।’
यसैबिच काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।
मौसम पूर्वमानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५.० डिग्री सेल्सियस छ।
यद्यपि आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन हुन्छ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ भने कहिलेकाहीँ त्यही कायम रहन पनि सक्छ।
हिजो (आइतबार) भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ डिग्री सेल्सियस थियो।
Shares

प्रतिक्रिया