समाज


कोरोना संक्रमित भागे गोली हान्न सक्ने, कन्ट्याक ट्रेसिङमा सेना पनि परिचालन

कोरोना संक्रमित भागे गोली हान्न सक्ने, कन्ट्याक ट्रेसिङमा सेना पनि परिचालन

नेपालखबर
जेठ २, २०७७ शुक्रबार ९:५९,

अस्पतालबाटै कोरोना संक्रमित भागेपछि जिल्ला संकट व्यवस्थापन केन्द्र (सीएमसी) पर्साले नयाँ व्यवस्था गरेको छ। अब कोरोना संक्रमित भागे गोली चलाउनेसम्मको अधिकार प्रहरीलाई दिइएको हो ।

बुधबार दुई जना कोरोना संक्रमित नारायणी अस्पतालबाट भागेका थिए। अस्पतालको शौचालयको भेन्टिलेटर तोडेर भागेका उनीहरुलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो।

सीएमसीको निर्णयमा भनिएको छ, ‘अब उप्रान्त भर्ना भएका संक्रमित भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने र भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसका लागि गोली चलाउने सम्मको अधिकार प्रदान गर्ने।’

यस्तै यसअघि जारी भएका इ–पाससहित सबै सवारी पास खारेज गर्ने पनि निर्णय गरेको छ।

जिल्लामा भेटिएका कोरोना संक्रमितले तोकिएको शर्त र मापदण्ड पालना गर्ने र सुरक्षा निकायको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिएर समूहमा बस्न चाहेमा दिने निर्णय पनि गरेको छ। पीसीआर परीक्षणका लागि स्वाब लिएका तर क्वारेन्टिनमा नराखिएका व्यक्तिहरुलाई पनि तत्काल क्वारेन्टिनमा राख्ने निर्णय गरेको छ।

संक्रमण देखिएका व्यक्तिहरुको कन्ट्याक ट्रेसिङ गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र स्थानीय तहका प्रतिनिधि रहेको कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ।

यस्तै निशेधाज्ञालाई थप कडाई गर्ने पनि सीएमसीले निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad