झापा जिल्लाको बिर्तामोड नगरपालिका ७ खालवाडी स्थित देउनिया खोलामा बगेका एक बालकको सशस्त्र प्रहरी टोलीले जीवितै उद्वार गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश गोलधापबाट डियुटीमा खटिएको एपीएफ टोलीले बालकलाई सो खोलामा बग्दै गरेको अवस्थामा देखेपछि तत्कालै जिवितै उद्वार गरेको हो। ती बालक सोही ठाउँ बस्ने ३ वर्षीय बिष्णु ठटाल हुन्।
एपीएफ टोलीले ती बालकलाई परिवारको जिम्मा लगाएको छ। यता, पर्सा जिल्लाको ठोरी गाउँपालिका ४ स्थित शिकारीबास जंगलबाट एपीएफ टोलीले करीव १५ केजी गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुवर्णपुरबाट खटिएको एपीएफ टोलीले उक्त गाँजा बरामद गरेको हो।
गाँजा ल्याउने व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई टाढैबाट देख्नासाथ गाँजा फाली फरार भएका थिए।

प्रतिक्रिया