समाज


संक्रमित युवती काठमाडौंमा, सर्लाहीमा रहेको उनको गाउँ भने सिल

संक्रमित युवती काठमाडौंमा, सर्लाहीमा रहेको उनको गाउँ भने सिल

नेपालखबर
जेठ ५, २०७७ सोमबार ३:५५,

सर्लाहीको रामनगर गाउँपालिकाकी एक युवतीमा कोरोना संक्रमण पुष्टि पुष्टि भएपछि गाउँपालिलाई सिल गरिएको छ।

रामनगर ४ बहुअर्वाकी युवतीमा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय प्रशासनले युवतीको गाउँलाई सिल गरेको हो। गाउँको विद्यालयको क्वारेन्टाइनमा रहेका २१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ।

प्रशासनले युवतीको घर रहेको पूरै गाउँ नै सिल गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए। एक महिने बालकसहित युवतीको परिवारका सबै सदस्यलाई होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ।

संक्रमित युवती भने अहिले काठमाडौँमा छिन्। संक्रमित युवतीका परिवारले जडीबुटी चोकमा फर्निचर उद्योग सञ्चालन गर्दै आएका छन्।

सङ्क्रमित युवती वैशाख २२ गते गाउँबाट काठमाडौँ गएकी हुन्।लकडाउन सुरु हुनुभन्दा अघि नै होली पर्वमा ती युवती काठमाडौँबाट गाउँमा आएकी थिइन्।

२२ वैशाखमा दुई वटा मोटरसाइकलमा उनी आफ्ना दुई भाइ र बहिनीका साथ काठमाडौँ गएकी स्थानीयले बताएका छन्। दुईवटा मोटरसाइकलमा चार जना काठमाडौँ गएको पाइएको छ।

तर, अहिलेसम्म युवतीमा मात्र कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यो सँगै सर्लाहीमा संक्रमितको सङ्ख्या तीन पुगेको छ। यसअघि धनकौलका १४ वर्षे किशोर र हरिपुर्वाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .