समाज


दुईदिने बिदा कार्यान्वयन गर्न शिक्षक महासंघ दृढ

विगतका सहमति कार्यान्वयन गर्न माग
दुईदिने बिदा कार्यान्वयन गर्न शिक्षक महासंघ दृढ

फाइल फोटो


नेपालखबर
बैशाख १७, २०८३ बिहिबार १३:५, काठमाडौँ

नेपाल शिक्षक महाससंघले शिक्षण संस्थामासमेत सातामा दुईदिन (शनिबार र आइतबार) बिदा दिने नेपाल सरकारको निर्णयको समर्थन गरेको छ। 

महासंघले सरकारी निर्णय कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षसँग आग्रहसमेत गरेको छ।

मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता देखिएको भन्दै गत चैत २३ गतेदेखि निजामतीलगायत सबै सरकारी निकाय र शिक्षण संस्थामा शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। साथै सरकारी कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने निर्णय पनि सरकारले गरेको थियो।

महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले आज संयुक्त प्रेस विज्ञप्ति जारी गरेर दुई दिने बिदाको समर्थन गरेका हुन्।

नयाँ बिदाको प्रबन्धअनुसार पाठ्यक्रम पाठनपाठनको व्यवस्था मिलाउन शिक्षक र विद्यालय कर्मचारीले आग्रह गर्दै आएका छन्।

महासङ्घको विज्ञप्तिमा विगतमा आफूहरूसँग भएका सहमतिबमोजिम स्थायी, सबै प्रकारका अस्थायी राहत, करार, साविक उमावि, शिक्षण सिकाइ अनुदान, बालविकास, विशेष शिक्षालगायतका शिक्षक तथा विद्यालय कर्मचारीका सबै समस्या समाधान हुनेगरी विद्यालय शिक्षा ऐन छिटो ल्याउन पनि माग गरिएको छ। 

महासङ्घले सोलुखुम्बु, सिरहालगायत जिल्लामा शिक्षक दरबन्दी कटौती गर्दै सेवाबाट हटाउने, विभिन्न बहानामा अनुपयुक्त सरुवा गर्नेजस्ता कार्य भएको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरेको छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad