गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा फरार रहेका एक कैदी पुनः जबरजस्ती करणी मुद्दामा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विक्रम भुजेल नाम गरेका व्यक्ति रहेका जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
वैशाख ३१ गते दिउँसो वर्ष ३५ की फरक क्षमता भएकी महिलालाई जबरजस्ती करणी गरी फरार रहेका भुजेललाई खोजतलास गर्ने क्रममा यही जेठ ३ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका १ मा लुकीछिपी रहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो।
उनलाई रामेछाप जिल्ला अदालतबाट सात दिनको म्यादथप समेत गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिम्सिनाले जानकारी दिए।

प्रतिक्रिया