समाज


३३ एसएसपीको सरुवा- काठमाडौँमा घिमिरे, ललितपुरमा कार्की

३३ एसएसपीको सरुवा- काठमाडौँमा घिमिरे, ललितपुरमा कार्की

नेपालखबर
जेठ १८, २०८३ सोमबार २१:१८, काठमाडौँ

सरकारले काठमाडौँ र ललितपुरका प्रहरी प्रमुखसहित ३३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ।

गृहमन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार एसएसपी सरुवाको निर्णय गरेका हुन्। 

काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी दिलिप घिमिरेलाई दिइएको छ।

ललितपुरको प्रहरी प्रमुखमा तुलबहादुर कार्की सरुवा भएका छन्।

घिमिरे यसअघि मानवस्रोत विकास विभागमा र कार्की गण्डकी प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए। 

यसअघिका काठमाडौँ प्रहरी प्रमुख रमेश थापालाई मधेस प्रदेश प्रहरी कार्यालय सरुवा गरिए पनि काजमा प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयको जिम्मेवारी दिइएको छ।

ललितपुरबाट होबिन्द्र बोगटी प्रहरी प्रधान कार्यालयस्थित राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखामा सरुवा भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad