सरकारले नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दोलखाका विशालकुमार भण्डारीको नेतृत्वमा तदर्थ समिति गठन गरेको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गरिएको हो।
यसअघि २०८२ साउन ९ मा सरकारले विनोद शर्माको नेतृत्वमा केन्द्रीय कार्यसमिति गठन गरेको थियो। विवाद भएपछि अहिले त्यसको सट्टा नयाँ तदर्थ समिति बनाएको हो।
192
Shares

प्रतिक्रिया