समाज


दासढुंगामा म्याजिक र स्कार्पियो आपसमा ठोक्किए, ८ जना घाइते

दासढुंगामा म्याजिक र स्कार्पियो आपसमा ठोक्किए, ८ जना घाइते

नेपालखबर
असार २, २०८३ मंगलबार १६:४५, काठमाडौँ

चितवन जिल्लाको भरतपुर महानगरपालिका–२९ दासढुंगास्थित मुग्लिङ–नारायणगढ सडक खण्डमा म्याजिक र स्कार्पियो एक–आपसमा ठोक्किई दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको ना १ ज ४८७६ नम्बरको म्याजिक र विपरीत दिशाबाट जाँदै गरेको प्रदेश ३(०१(०२२ च १७५८ नम्बरको स्कार्पियो ठोक्किँदा दुवै सवारी साधनमा सवार यात्रु घाइते भएका प्रहरीले जनाएको छ। 

म्याजिकमा सवार घाइते हुनेमा नवलपरासीको गैंडाकोट नगरपालिका–४ बस्ने ४९ वर्षीया गौरी लामिछाने, सोही स्थानकी २८ वर्षीया मनीषा आले, उनको २० महिनाको छोरा पिन्स आले, चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीया सीता दानी, चितवनको इच्छाकामना गाउँपालिका–६ बस्ने २४ वर्षीया रचना गुरुङ, सोही स्थानका ५३ वर्षीय कान्छा दागि रहेका छन्।

स्कर्पियोमा सवार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–८ बस्ने ४५ वर्षीया कविता अग्रवाल र उनका श्रीमान ५३ वर्षीय शषि भसाल अग्रवाल रहेका छन्।

घाइते सबैको नयाँ मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ। म्याजिक चालक उदयपुर चौदण्डीगढी नगरपालिका–०४ बस्ने ३९ वर्षीय अशोक परियार तथा स्कार्पियो चालक सर्लाही हरिवन नगरपालिका–०२ बस्ने ३४ वर्षीय अशोक कुमार महत कैडीलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad