गएराति वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको कान्ती लोकपथ खुलेको छ।
हेटौँडा–काठमाडौँ आवत जावत गर्ने कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–८ स्थित भरेङडाँडामा पहिरो खस्दा मंगलबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार यो सडकको मकवानपुर र ललितपुरको सिमानामा पर्ने बागमती गाउँपालिकाका विभिन्न ठाउँमा खसेको पहिरो हटाएपछि यातायातका साधन चल्न थालेका हुन्।
21
Shares

प्रतिक्रिया