समाज


प्रज्ञा प्रतिष्ठानकी पूर्वसदस्य सचिव गीता केशरीको निधन

प्रज्ञा प्रतिष्ठानकी पूर्वसदस्य सचिव गीता केशरीको निधन

नेपालखबर
असार १८, २०८३ बिहिबार १२:१५, काठमाडौँ

नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव एवं आख्यानकार गीता केशरीको ८६ वर्षका उमेरमा निधन भएको छ। 

अज्लाइमर र हृदयरोगबाट पीडित केसीकाे चाबहिलस्थित ओम अस्पतालमा उपचारको क्रममा आज बिहान निधन भएको हो। केशरीको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

 केशरी २०६१ देखि २०६३ सम्म प्रतिष्ठानको सदस्य सचिव थिइन्। उनका एक दर्जन जति उपन्यास र केही कथासङ्ग्र्रह प्रकाशित छन्। केशरीका ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘अन्तिम निम्तो’, ‘विश्वास’ लगायत कृति प्रकाशित छन्।

प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा जगतप्रसाद उपाध्यायले केशरीको देहावसानबाट नेपाली आख्यान साहित्यका क्षेत्रमा अपूरणीय क्षति भएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad