समाज


सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले काट्यो ‘चिट’

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई ट्राफिक प्रहरीले काट्यो ‘चिट’

नेपालखबर
असार १८, २०८३ बिहिबार १२:१५, काठमाडौँ

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ट्राफिक प्रहरीले ‘चिट’ काटेको छ। 

मुख्यमन्त्री शाहले मंगलबार साँझ आफ्नै आँगनमा मोटरसाइकल चलाएका थिए। मोटरसाइकल चलाउँदा हेल्मेट लगाएका थिएनन्। 

उनले मोटरसाइकल चलाएको भिडिओ क्लिप सामाजिक सञ्जालमा भाइरल बनेको थियो। कतिपयले ट्राफिक प्रहरीलाई ट्याग गरेर कारबाहीको माग गरेका थिए। 

बुधबार जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीले उनलाई ‘चिट’ काटेको हो। ट्राफिक प्रहरीले काटेको ‘चिट’मा हेल्मेट नलगाइ सवारी चलाएको उल्लेख छ। ट्राफिक प्रहरीले मुख्यमन्त्री शाहलाई नै ‘चिट’ थमाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad