समाज


स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ आचारसंहितामा के छ?

स्वास्थ्य मन्त्रालयले बनाएको नयाँ आचारसंहितामा के छ?

नेपालखबर
असार १८, २०८३ बिहिबार १७:५४, काठमाडौँ

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले अस्पतालमा कार्यरत सबै कर्मचारीले आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्दा कुनै पनि राजनीतिक आस्था वा विचारबाट प्रभावित हुन नहुने गरी नयाँ आचारसंहिता बनाएको छ।

मन्त्रालयले बनाएको नयाँ आचारसंहिताअनुसार अस्पतालमा कार्यरत सबै कर्मचारी पूर्णरूपमा राजनीतिक तटस्थता कायम गर्नुपर्ने व्यवस्था गरिएको हो। 

सेवाको क्रममा कुनै पनि प्रकारको घुस, कमिसन, उपहार वा अन्य अनुचित लाभ लिन, दिन वा माग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।

अस्पतालका कर्मचारीहरूले सेवाग्राहीप्रति गर्ने व्यवहार, पेसागत आचरण, राजनीतिक तटस्थता तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न नयाँ आचारसंहिता लागू गरिएको छ।

आचारसंहिताले आकस्मिक बिरामी, गर्भवती, बालबालिका, ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई प्राथमिकताका साथ सेवा दिन भनेको छ। 

यस्तै सेवाग्राहीको अधिकारको सम्मान र संरक्षण गर्न प्रतिबद्ध रहनुपर्ने तथा महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका र अशक्त व्यक्तिप्रति विशेष सहयोगी व्यवहार गर्नुपर्ने व्यवस्था लागू गराउन खोजिएको छ।

बिरामी, कुरुवा तथा सेवाग्राहीप्रति सम्मानजनक, शिष्ट, सहानुभूतिपूर्ण र सेवामुखी व्यवहार गर्नुपर्ने, जात, धर्म, लिंग, भाषा, आर्थिक अवस्था वा अन्य कुनै आधारमा विभेद नगरी स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने व्यवस्था आचारसंहिताले गरेको छ। 

बिरामीको व्यक्तिगत तथा स्वास्थ्यसम्बन्धी विवरणको गोपनीयता कायम राख्नुपर्ने, उपचार, सेवा शुल्क तथा सेवा प्रक्रियाबारे स्पष्ट जानकारी दिन र अनावश्यकरूपमा बिरामीलाई प्रतीक्षा गराउने वा विभिन्न कक्षमा भौँतारिन बाध्य पार्ने कार्य गर्न नहुने व्यवस्था आचारसंहितामा छ।

आचारसंहिताले कर्मचारीलाई आफ्नो पेसागत दक्षता, इमान्दारिता, निष्पक्षता र उत्तरदायित्वका साथ गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad