पर्वत जिल्लाकी एक १२ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
जलजला गाउँपालिका–६ ठोट्नेरी बस्ने ५३ वर्षीय गोरबहादुर विकले ति बालिकालाई ललाईफकाई जबर्जस्ती करणी गरेको प्रहरीको आरोप छ।
घटनापछि पीडित बालिकाकी आमाले असार १७ गते प्रहरी चौकीमा जाहेरी दिएकी थिइन्।
अभियुक्तलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
अभियुक्तलाई विस्तृत स्वास्थ्य परीक्षणका लागि प्रदेश अस्पताल, कुश्मा पठाइएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गर्दा अवस्था सामान्य रहेको बताइएको छ।
33
Shares

प्रतिक्रिया