दाङमा पानी ट्यांकीभित्र २ जनाको शव भेटिएको छ।
तुलसीपुर उपमहानगरपालिका–६ रजौरास्थित निर्माणाधीन घरको पानी ट्याङ्कीभित्र दुई जनाको शव फेला परेको हो।
सल्यान माल्टा घर भई हाल तुलसीपुर उपमहानगरपालिका–९ दोघर निवासी कमल गिरी र घनश्याम गिरीको शव निर्माणाधिन घरको पानी ट्यांकीभित्र फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले जानकारी दिए।
कमल घर निर्माणसम्बन्धी काम गर्ने ठेकेदार र घनश्याम मिस्त्री भएका अनुसन्धानको क्रममा खुलेको छ। पानी ट्यांकीभित्र छिरेर सफा गर्ने क्रममा अक्सिजनको कमीले निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ।
स्थानीयले उनीहरूलाई पानी ट्यांकीभित्र मृत अवस्थामा देखेपछि बुधबार प्रहरीलाई खबर गरेका थिए। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
गिरीद्वयको शव पोस्ट मार्टमका लागि अस्पतालमा राखिएको छ।
Shares

प्रतिक्रिया