समाज


हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरीको मृत्यु, शिशुको अवस्था सामान्य

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८३ बिहिबार ५:२, बागलुङ

बागलुङको निसीखोला गाउँपालिका–३ का ३९ वर्षीया सुत्केरी मीना सुनारको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ।

स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई बुधबार नेपाली सेनाको हेलिकप्टरबाट पोखरा ल्याइएको थियो। अस्पताल पु¥याएलगत्तै चिकित्सकले सुनारलाई मृत घोषणा गरेका हुन्।

उनलाई सुरुमागम्भीर अवस्थामा बुर्तिबाङ अस्पताल लगिएको थियो। त्यहाँ उपचार हुन नसकेपछि पोखरा पठाइएको उक्त अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा अविनाश पोखरेलले जानकारी दिए। 

मङ्गलबार बोहरागाउँ स्वास्थ्यचौकीमा सुत्केरी भएकी उनलाई राति अत्यधिक रक्तस्राव हुने, पेट दुख्ने समस्या भएपछि बुर्तिबाङ अस्पतालमा ल्याइएको थियो।

बुर्तिबाङ अस्पतालमा प्रारम्भिक प्ररीक्षण गर्दा सुनारको पेटमा रगत जमेको पाइएको थियो। 

उनी प्राकृतिक रुपमा सुत्केरी भएकी थिइन्। आमाको मृत्यु भए पनि शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन्।

सुरुमा काठमाडौँ लैजाने तयारी भए पनि स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि मणिपाल अस्पतालमा ल्याइएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad