समाज


सेनाले पशुपतिमा लगेर गर्‍यो ललितपुरका कोरोना संक्रमितको अन्त्येष्टि

सेनाले पशुपतिमा लगेर गर्‍यो ललितपुरका कोरोना संक्रमितको अन्त्येष्टि

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १७:१८,

कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका ललितपुरका पुरुषको बिहीबार साँझ पशुपति आर्यघाटस्थित विद्युतीय शवदाहगृहमा लगेर अन्त्येष्टि गरिएको छ।

नेपाली सेनाको तालिमप्राप्त टोलीले बिहिबार साँझ किष्ट अस्पतालबाट पशुपतिस्थित विद्युतीय शवदाहगृहमा लगेर मृतकको अन्त्येष्टि गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए।

पशुपतिस्थित विद्युतीय शवदाहगृहमा कोरोना संक्रमित मृतकको अन्त्येष्टि गरिएको यो दोस्रो हो। यसअघि कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी एक महिलाको अन्त्येष्टि पशुपतिस्थित विद्युतीय शवदाहगृहमा गरिएको थियो। उनी नेपालमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति थिइन्।

ललितपुरको बुङमतीका ५७ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण बुधबार साँझ किस्ट अस्पतालमा ज्यान गएको थियो।

जेठ ११ गते सो अस्पताल भर्ना भएका उनको १२ गते स्वाब परीक्षणका लागि पठाइएको थियो।

‘अल्कोहलिक लिभर डिजिज’ का कारण अस्पताल भर्ना भएका उनीमा मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो।

ती व्यक्तिमा कोरोना पुष्टि भएपछि ललितपुरको बुङमती क्षेत्रमा त्रास बढेको छ। उनको सम्पर्कमा रहेका व्यक्ति पहिचान गरिरहेको ललितपुर प्रहरीले जनाएको छ। यस्तै उनको उपचारमा संलग्न स्वास्थ्यकर्मीको पनि कोरोना परीक्षण गरिने ललितपुरका स्वास्थ्य प्रमुख खगेश्वर गेलालले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .