समाज


कर्णालीका दुई जिल्लामा ८३ जना कोरोना संक्रमित थपिए

कर्णालीका दुई जिल्लामा ८३ जना कोरोना संक्रमित थपिए

नेपालखबर
जेठ ३०, २०७७ शुक्रबार १०:३०,

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेशका स्वास्थ्य सेवा महासाखा प्रमुख डा. लक्ष्मीनारायाण तिवारीले एक विज्ञप्ति प्रकाशित गर्दै पछिल्लो २४ घण्टामा प्रदेशमा थप ८३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

संक्रमितहरुमध्ये सुर्खेतका ४५ जना र दैलेखका ३८ जना रहेको रहेका छन्। सबैभन्दा बढी सुर्खेतको लेकबेसी नगरपालिकाका २१ जना रहेका छन्। योसँगै कणाली प्रदेशमा संक्रमितको संख्या ८४३ पुगेको छ।

त्यस्तै आजै दैखेख अस्पतालमा रहेका २२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै कर्णाली प्रदेशमा रोगलाई जितेर निको हुनेको संख्या ८२ पुगेको छ भने संक्रमण पुष्टि भएका तीन जनको मृत्यु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad