गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
शनिबार बिहान पुष्टि भएका ३२ सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या आठ सय ३८ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ।
प्रदेश क्षयरोग केन्द्र, पोखरा, राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान, दाङ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ गरिएको परिक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक डा.विनोद बिन्दु शर्माले जानकारी दिए।
नयाँ संक्रमित स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वका छन्। जसमा ६ जना महिला छन् भने बाँकी सबै पुरुष हुन्। हुप्सेकोट गाउँपालिका र वालिङ नगरपालिकाका संक्रमित आईसोलेसनमा बसिसकेका छन्।
बाँकी सबै संक्रमितलाई सम्बन्धित जिल्लाका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ। थप जानकारीको लागि हेर्नुस् प्रेस विज्ञप्ति :


प्रतिक्रिया