समाज


गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित, संख्या ९९४ पुग्यो

गण्डकी प्रदेशमा थपिए २८ कोरोना संक्रमित, संख्या ९९४ पुग्यो

नेपालखबर
असार १७, २०७७ बुधबार ३:४३,

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

योसँगै गण्डकीमा कोरोना भाइरस संक्रमितको संख्या नौ ९४ पुगेको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ।

प्रदेश क्षयरोग केन्द्र पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षण थप २८ जनामा संक्रमण देखिएको हो।

गण्डकी स्वास्थ्य निर्देशानलयले बुधबार बिहान जारी गरेको विज्ञप्ति अनुसार नवलपरासी र कास्कीका नयाँ संक्रमित सबैलाई आइसोलेसन राखिसकिएको छ।

गोरखाको शहीद लखन गाउँपालिकाका संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ भने अन्य जिल्लाका सबै संक्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेन कक्षमा लैजाने तयारी भैरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad