समाज


म्यानमारको खानीमा रत्न खोज्न गएका मानिसलाई पहिरोले पुर्दा ५० को मृत्यु, कयौं वेपत्ता

म्यानमारको खानीमा रत्न खोज्न गएका मानिसलाई पहिरोले पुर्दा ५० को मृत्यु, कयौं वेपत्ता

नेपालखबर
असार १८, २०७७ बिहिबार ७:५७,

हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो गएको बताइएको छ।

खानी साइडमा बहुमूल्य रत्न खोज्न गएका मानिसहरुलाई पहिरोले पुरेको बताइएको छ। पहिरोले पुरिएका अझै धेरै मानिसहरू वेपत्ता भएको र उद्धार कार्य जारी रहेको बताइएको छ।

सन् २०१६ को नोभेम्बर पनि उक्त साइडमा ठूलो पहिरो आएको र यसमा परी ११६ व्यक्तिको मृत्यु भएको थियो। बिहीबारको पहिरोको बारेमा पनि प्रहरीले अनुसन्धान थालेको छ।

केही दिन यतादेखि सो क्षेत्रमा अविरल रुपमा वर्षा भइरहेको छ। वर्षापछि सो स्थानमा पहिरो आएको यहाँका सुरक्षा अधिकारीहरुले जनाएका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad