समाज


कोरोनाबाट नेपालमा थप एकको मृत्यु, बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजिटिभ

कोरोनाबाट नेपालमा थप एकको मृत्यु, बागलुङको क्वारेन्टिनमा मृत्यु भएका युवकको रिपोर्ट पोजिटिभ

नेपालखबर
असार २१, २०७७ आइतबार १०:२३,

बागलुङको ढोरपाटन नगरपालिकाको एक क्वारेन्टिनमा मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।

ढोरपाटन नगरपालिका वडा नम्बर ४ स्थित क्वारेन्टिनमा यही असार ३ गतेदेखि बसेका २८ वर्षीय युवकको गत राति मृत्यु भएको थियो।

 पोखरा विज्ञान प्रतिष्ठान प्रयोगशालाबाट गरीएको उनको स्वाब परीक्षणको रिपोर्ट पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिए।

रिपोर्ट आएपछि मात्र उनको शव व्यवस्थान गर्ने तयारी रहेको उनले जानकारी दिए।

उनी क्षयरोगको रोगी रहेको हालै भारतमा उपचार हुन नसकेपछि उनी गाउँ फर्किएका थिए। उनी क्वारेन्टिन बसेको गाउँ भने उनको ससुराली हो।

उनको घर भने बागलुङकै निसिखोला गाउँपालिका वडा नम्बर २ रहेको गाउँपालिका अध्यक्ष तारानाथ शर्माले नेपालखबरलाई जानकारी दिए।

भारतबाट फर्केपछि उनी श्रीमतीसँगै ससुराली गाउँमा गएर क्वारेन्टिनमा बसेको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad